काठमाडौं, १५ असार । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशी तथा विदेशी मिलेर नेपालको नया नक्सा जारी गरेबापत आफूलाई हटाउन प्रयास हुदैछ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप पढेको सुनाउँदै ओलीको विश्लेषण नै गलत भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत लोहनीले ओलीले आफूलाई हटाउन आफैं कस्सिएर लागेको बताएका छन् ।
आफुबाहेक अरु सबैलाई विदेशीबाट संचालित छन् भन्ने दृष्टिकोढा राख्नु प्रधानमन्त्री ओलीको कमजोर र हतास मनस्थितिको परिचायक भएको पनि उनको टिप्पणी छ । हेरौं लोहनीको फेशबुक स्टाटस :
सम्माननीय प्रधान मन्त्रीजी
१ बिदेशी र स्वदेशी मिलेर नेपाल को नया नक्सा जारी गरे बापत तपाई लाई हटाउन प्रयास हुदै छ भन्ने तपाई को आरोप पढियो।
२ तपाई को बिस्लेशन गलत छ किनभने तपाई लाई हटाउन तपाई आफै कसिएर लाग्नु भएको छ एक पटक शान्त भएर आफु ले आफु लै हेर्नुस थाहा पाउनु हुनेछ
३ ठिक कुरा मा जनता र दल हरु ले तपाई लाई सधै साथ दिएका छन्।तपाई ले भद्र भलादमी प्रतिपक्ष पाउनु भएको छ जो तपाई को हत्तपत्ति बिरोध गर्दैनन् नया नक्सा को बारेमा तपाई को पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनता ले तपाई लाई साथ दिएका छन. विचार गर्नुस : कुनै बिदेशी को मुख हेरेको भए यो एकता सम्भव हुने थियेन र संसद बाट सिमाना सम्बन्धि प्रस्ताब निर्बिरोध पारित हुने थिएन। यो देख्ता देख्तै अरु लाई बिदेशी बाट संचालित भन्नु तपाई बाहेक अरु कोहि नेपाल मा देसभक्त छैनन् भन्नु हो. यो भनाइ ले तपाई सबै नेपाली जनता को अपमान गर्दै हुनुहुन्छ। आफु बाहेक अरु सबै लाई बिदेशी बाट संचालित छन् भन्ने दृस्टी कोण तपाई को कम्जोर र हतास मनस्थिति को परिचायक हो
४. तपाई को बिरोध तपाई को श्री ३ सैली को अधिनायक बादी र सर्बसत्ता बादी संस्कार, भ्रस्टाचार लाई राजनीति को प्रमुख अंग सम्झने प्रबित्ति , र आफ्ना भारदार हरु लाई देस जति लुटे पनि लुट्न छुट दिने तपाई को नब सामन्ती प्रबित्ति को कारण ले हो। प्रजातन्त्र को नाम मा आज को नया पिढी ले तपाई को भारदारी सासन स्वीकार गर्दैनन्। यदि म गल्ति हु भने तपाई ले ओम्नी काण्ड , यति जग्गा काण्ड , वाइड बडी जहाज कमिसन काण्ड , न्यारो बडी हवाई जहाज काण्ड, सुन काण्ड , यन सेल काण्ड जस्ता अनैको को न्यायिक छानबिन गर्ने घोसना गर्नुस। साथै सबै दल क नेता हरुको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने हीम्मत गर्नुस। तर यो दुइ बर्ष मा सबै ले देखि सके तपाई यो नाबसमंताबाद मा अडेको ” नौलो बहुदलिय भारदारी जनबाद ” अन्त गर्ने नैतिक हिम्मत तपाई मा छैन। त्यसै कारण तपाई का सुभ चिन्तक हरु पनि तपाई बाट देस चल्दैन भन्ने निचोड मा पुगेका हुन्।