Logo

कोरोनाविरुद्व लड्न चीनले दियो परम्परागत उपचारलाई प्राथमिकता



एजेन्सी, १५ असार । विश्वभर फैलिएको कोरोना भाइरसविरुद्वको खोप निर्माण गर्न सम्पूर्ण देशहरु आफ्नो स्तरबाट अग्रसर देखिएको छ । तर, खोपको निर्माण अहिलेसम्म हुन सकेको छैन् । यसैक्रममा बेजिङले कोरोनाविरुद्व लड्न परम्परागत उपचारलाई प्रथामिकता दिन थालेको छ ।

परम्परागत उपचारबाट कोरोना विरुद्व लड्न प्रभावकारी देखिएको विषय चीन सरकारले श्वेत पत्र जारी गर्दै जानकारी दिएको हो । परम्परागत चिनियाँ औषधी (टिसीएम)विश्वकै सबैभन्दा पौराणिक र प्रभावकारी अभ्यास रहेको जनाइएको छ । उक्त अभ्यासलाई चीन लगायत अन्य देशहरुमा समेत विस्तार गर्ने योजना चीन सरकारको रहेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरस दिशानिर्देशमा एक विशेष अध्यायको रुपमा टिसीएमलाई राखेको छ । छ वटा औषधी मध्ये दूई वटा औषधी कोरोना विरुद्व प्रभावकारी मानिएको जनाइएको छ । जसलाई सन् २००९ मा एचवनएनवन भाइरसको रुपमा देखापरेको महामारी विरुद्व प्रयोग गरिएको थियो । कोरोना विरुद्व प्रभावकारी मानिएको उपचारहरुले आलोचना भोगीरहेको छ । चिनियाँ राष्ट्रिय आयोगले टिसीएमलाई भालुको पित्तलाई पाउडरमा परिनत गरी कोरोना विरुद्व प्रयोग गरेको आलोचना गरिरहेको छ । टिसीएमलाई विश्वभरी कोरोना विरुद्व प्रभावकारी औषधीको रुपमा चिनाउन वैज्ञानिकले पुष्टि गर्नुपर्ने विषयमा जोड दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्