Logo

कोरोनाविरुद्व खोप निर्माण गर्ने दौडमा अक्सफोर्ड विश्वविद्यालय प्रथमः डब्लूएचओ



एजेन्सी, १५ असार । कोरोना भाइरसविरुद्वको खोप निर्माणको दौड कायम रहेको छ । एक सय ४० खोप मध्ये १२ खोपको परिक्षणले गती लिएको छ । त्यसमध्ये अब्सफोर्ड विश्वविद्यालयद्वारा निर्मित एस्ट्राजेनेका र मोर्डना इंक. अग्रसर देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उक्त खोपहरुको परिक्षण र कुन चरणमा परिक्षण भइरहेको आधारमा विश्व स्वास्थ्य संगठनले नामांकन गरेको हो ।

मोर्डनाद्वारा निर्मित खोपको तेस्रो चरणको परिक्षण मध्ये जुलाईमा सुरु हुने भएको छ भने एस्ट्रेजेनेकाको मानव परिक्षण सुरु भइसकेको जनाइएको छ । ब्राजिलले उक्त खोपको एक सय २७ मिलियन डलरबराबरको औषधी निर्माण गर्न सम्झौता समेत गरिसकेको छ । पहिलो चरणमा ५० मिलियन डोजको अर्डर दिएको जनाइएको छ । कोरोना संक्रमित मानिसलाई एक वर्षसम्म एस्ट्रेजेनेकाले रोकथाम गर्न सक्ने कम्पनीको प्रमुखले जनाएका छन् । त्यसैगरी मार्डनाले समेत आफ्नो सय मिलियन डोजको निर्माणलाई तीब्रता दिएको छ ।

सबै परिक्षण चाहेअनुसार सम्पन्न भए अघिल्लो महिनामा करिब तीस हजार मानिसमा मोर्डना द्वारा निर्मित खोप एमआरएनए १२७३ लाई प्रयोग गरिने कम्पनी प्रमुखले जनाएका छन् । त्यसैगरी फ्रेन्च फर्माद्वारा परिक्षण भइरहेको सनोफि जीएसकेको पहिलो र दोस्रो चरणको परिक्षणलाई तीब्रता दिइएको छ । थाइल्याण्डले भाइरसको सात प्रकारको खोपहरुको अनुसन्धान र अध्ययनलाई तिव्रता दिएको छ ।



प्रतिक्रिया दिनुहोस्