काठमाडौं, असार १६ । कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन्। नेपालमा मृत्यु हुने २९ जनाको तुलनामा यो झन्डै पाँच गुणा बढी हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएको जनाएको छ।
संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ। त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १÷१ जना छन्। यस्तै अन्य मुुलुकमा तीन जनाको ज्यान गएको छ।
यसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।