Logo

सडकमा धान रोपेर ठेकदारको विरोध



काठमाडौ, १६ असार । धान दिवसको अवसरमा नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा स्थित सडकमा धान रोपेर ठेकेदारको विरोध गरेका छन् । यसपालीको असार १५ गतेको रोपाई, सडकमा जोताईु भन्ने नारा सहित स्थानीयहरु हातमा कालो भन्डा, ब्यानर, कोदाली र धानको विऊ लिएर सडकमा उत्रिएका थिए । पासाङ ल्हामु राजमार्ग सङ्घर्ष कालोपत्रे दवाव अभियानु अन्तर्गत रहेर स्थानीय संघर्ष समितिले चरणवद्ध रुपमा निर्माण कम्पनीको विरोध गर्दै आइरहेको छ ।

सोही अनुरुप सोमबार सडकमा रोपाइ गरिएको संघर्ष समितिका संयोजक आदित्य श्रेष्ठले बताए । कालोपत्रे गराइदे हाम्रो बाटो बनाइदे, शैलुङ कन्स्ट्रक्सन मुर्दावाद, कोसी न्यौपाने कन्स्ट्रक्सन मुर्दावाद, शारदाको पाराले दुख पाए साराले, ठेकदारको लाइसेन्स खारेज गर, धितो जति जफत गर जस्ता वाक्यांशहरु लेखिएको प्लेकार्डसहित स्थानीयहरु रोपाइमा सहभागी भएका थिए ।

ुराजधानीको नजिक र पर्यटकीय हिसावले महत्व बोकेको स्थल हो ककनी । तर सडकको दुरावस्थाको कारण यहाँको स्थानीयलाई राजधानी छिर्नै घन्टौँ लाग्छ । काठमाडौँ त्रिशुली चल्ने सवारी साधन त ठप्प नै छ भन्दा फरक पर्दैन । बाटोकै कारण यहाँको अर्थतन्त्र खस्किदो अवस्थामा छ, संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ुसडक निर्माण कम्पनीको कारण काठमाडौँ– ककनी– त्रिशुली सडक खण्ड पासाङ ल्हामु राजमार्गको स्थिति नाजुक बन्दै गइरहेको छ । निर्माण कम्पनी सम्म यस सडकको स्तरउन्नतीमा ध्यान जावस् भन्नको लागि बारम्बार दवाव दिइरहेका छौँ । तर काम हुन सकेको छैन । विशेष गरी हामी युवावर्ग मिलेर आवाज उठाइरहेका छौँ । स्थानीय तहदेखि सबै वर्गको साथ छ हामीलाई । यो समाचार आजको नागरिक दैनिकले प्रकाशन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्