काठमाडौं, १६ असार । सशस्त्र प्रहरी बलका केही अधिकृतहरु अहिले संगठनको बदनाम गर्न उद्दत भएको पाइएको छ । संगठनले तय गरेका बिभिन्न नीतिगत विषयमा उनीहरुले तालुकदार मन्त्रालयलाई नै भ्रम पार्न लागिपरेको तथ्य सार्वजनिक भएको छ ।
सशस्त्र प्रहरी बलका कानुन शाखाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक युवराज अर्याल, भण्डार शाखाका प्रमुख डीएसपी होम ज्ञवाली र दयाराम शर्मा अहिले संगठनको हितविपरीत गृह मन्त्रालयमा लबिङ गर्न पुगेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
संगठनले तय गरेको ओएनएमलाई पास हुन नदिन उनीहरुले गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाका सहसचिवलाई भेटेर उक्त ओएनएम पास नगर्न लबिङ गरेका थिए ।
उनीहरुले अर्थ मन्त्रालयमा समेत गएर संगठनले तय गरेको ओएनएमलाई कार्यान्वयन नगर्न समेत दबाब दिएको मन्त्रालय स्रोतले जानकारी दिएको खबर आजको नेपाल समाचार पत्रले प्रकाशन गरेको छ ।