Logo

‘अचेल पुरै कपडा खोलेर एक्सरे गर्दा रहेछन है’ भनेपछि घटना सार्वजनिक, एक्सरे गर्ने रेडियोग्राफर नभई हेल्पर भएको खुलासा



दाङ, असार १६ । जिल्लाको घोराहीमा रहेको नीजि अस्पताल गोरखा अस्पतालमा महिलालाई नांगै बनाएर एक्सरे गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ परेका उनी रेडियोग्राफर नभई अस्पतालको हेप्पर भएको समेत खुल्न आएको छ ।

छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई नाङ्‍गै बनाएको आरोपमा अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगी हाल प्रहरी नियन्त्रणमा छन् ।

छातीमा समस्या आएपछि आफ्ना श्रीमानसंगै अस्पताल पुगेकी एक महिलाले नाङगै बनाएर एक्सरे गरेको श्रीमानलाई अचेल पुरै कपडा खोलेर एक्सरे गर्दा रहेछन है भनेपछि घटना सार्वजनिक भएको हो ।

प्रहरी नियन्त्रणमा रहेका डाँगी अनुमति प्राप्त नभएका प्राविधिक भएको खुल्न आएको छ । डाँगी रेडियोग्राफर नभएको र उनी हेल्पर मात्रै भएकाले कसरी हस्पिटलले रेडियो ग्राफिक्स नपढेका अनाधिकृत व्यक्तिलाई एक्सरे गर्यो भन्नेबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्