Logo

नेकपा स्थायी कमिटी बैठक सुरु, सरकारको कामको समिक्षा हुने



काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाँचौं बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीपनि सहभागी भएका छन् । गत बुधबारदेखि सुरु भएको बैठकको दोस्रो दिन शुक्रबार प्रधानमन्त्री ओली उपस्थित् भएका थिएनन् । शनिबार पनि ओली १५ मिनेट उपस्थित् भएर बाहिरिएका थिए ।

यसअघिका तीन दिनका बैठकमा स्थायी कमिटी सदस्यहरुले सिमा विवाद समाधानबारे आ–आफ्नो धारणा राखेका थिए । आजको बैठकमा सरकारको कामका विषयमा समिक्षा हुने बताईएको छ । जारी बैठकमा एमसीसी सम्झौता, नागरिकता विधेयक, रुकुम घटना, संघीय संसदका सदस्यहरूको भत्ताका विषयमा पनि छलफ हुने भन्दै यसअघि नै बैठकका एजेण्डा सार्वजनिक गरिएको छ । तस्विर : प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot