
काठमाडौं, असार १६ । अछामको साँफेबगर नगरपालिकाका एक वडाअध्यक्षलाई मंगलबार कोरोना पुष्टि भएको छ।
धनगढी प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो । उनी भारतबाट नेपाल आएका स्थानीयको सेवा खटिएका थिए। केहि दिन पहिले नगरपालिकाको नगर सभामा सहभागी भएका उनी संक्रमण पुष्टिभएसंगै उनी वडाको क्वारेन्टिनमा बसिरहेका छन्।