Logo

निर्वाचन आयोगमा कसले दर्ता ग¥यो ‘नेकपा एमाले’?



काठमाडौं, असार १७ । नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनेर दर्ता भएपछि नेकपा एमाले नामको दल हाल आयोगमा दर्ता छैन ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि आयोगमा निवेदन प्राप्त भएको जानकारी दिए । ‘आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन आएको छ, सोबारे थप विषय जाँचबुझकै क्रममा छ,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

प्रवक्ता श्रेष्ठका अनुसार नयाँ दल दर्ताका लागि सोमबार आयोगलाई प्राप्त निवेदनमा पार्टी अध्यक्षको नाम सन्ध्या तिवारी उल्लेख छ । उनी झापाकी स्थायी बासिन्दा हुन् । आयोगका प्रवक्ता श्रेष्ठले पुराना दुई दलबीच एकीकरण भएपछि सो नाममा अन्य कुनै दल दर्ता नभएको र एकीकरणको एक वर्षसम्म सोही नाममा अन्य कुनै पनि व्यक्तिले दल दर्ता गर्न नपाइने कानुनी व्यवस्था रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्