Logo

नेकपा विवाद चुलिएपछि घनश्याम भुषालले देखे ‘अनिष्ट सम्भावना’



काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य समेत रहेका कृषिमन्त्री घनश्याम भुषालले पार्टीभित्रको विवादलाई लिएर अनिष्ट सम्भावना देखेका छन् । उनले विवादलाई लिएर अनिष्ट सम्भावना नजिकिन थालेको खतरा औल्याए ।

मध्यराति सामाजिक सञ्जालमा भुषालले अनिष्ट सम्भावना उल्लेख गर्दै विवेक र धैर्यता प्रदर्शन गर्न आग्रह गरेका छन् । उनले नहडबडाएर र एकतावद्ध भएर परिस्थितिको सामना गरिने बताएका छन् ।

‘हाम्रो जहाज मरभुमिमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो,’ भुषालले लेखेका छन्, ‘हामी हरेकले फेरि एक पटक विवेक र धैर्यको परीक्षा दिनु पर्ने भयो । नहड्बडाएर, एकताबद्ध भएर यसको सामना गरिने छ ।’

नेकपाभित्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शिर्ष नेताहरुले राजीनामा मागेपछि उत्पन्न विवादलाई लिएर मन्त्री भुषालको भनाई सार्वजनिक भएको छ । यसअघि पर्यटनमन्त्री योगेश भट्टराईले पनि एकताको आव्हानसहित सामाजिक सञ्जालमा लेखेका थिए ।



प्रतिक्रिया दिनुहोस्