Logo

झापाकी सन्ध्या तिवारीद्वारा एमाले नामको दल दर्ता निवेदन, नेकपाभित्र खैलाबैला



काठमाडौं, १७ असार । नेकपा (एमाले) नामको दल अस्तित्वमा छैन । एमाले र माओवादीबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी बनेको हो । त्यसपछि दुवै दलको नाम मेटिएको हो । निर्वाचन आयोगमा नेकपा एमाले नामको दल छैन ।

मंगलबार अचानक नेकपा एमाले नामको दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन गयो । नेकपा स्थायी कमिटि बैठकमा प्रधानमन्त्रीको राजीनामा देखि चर्को विवाद चलिरहँदा दल दर्ताको निवेदन गएको हो । यसको पुष्टि निर्वाचन आयोगले समेत गरेको छ । आयोगले निवेदनबारे जाँचबुझ भइरहेको जानकारी दिएको छ ।

दल दर्ताको निवेदन दिनेमध्ये झापाकी सन्ध्या तिवारी पार्टीको अध्यक्ष छिन् । प्रधानमन्त्री ओलीकै गृहजिल्लाकी सन्ध्याले नेकपा एमाले दल दर्ताको निवेदन दिएपछि खैलाबैला भएको छ । त्यसमाथि यो कदम ओलीकै निर्देशनमा चालिएको आरोप उपाध्यक्ष बामदेव गौतमले लगाएका छन् । उनले स्थायी कमिटि बैठकमा एमाले दल दर्ता देखि संकटकाल लगाउने सम्मको तयारीबारे आफूसँग प्रमाण भएको बताएका छन् । एमाल दल दर्ताको विषयमा ओली पक्षले केही भनेको छैन ।



प्रतिक्रिया दिनुहोस्