Logo

सलहले सोत्तर पारेपछी मकैबारी रित्तो



प्युठान, १७ असार । प्यूठानको सरुमारानी गाउँपालिका–३ दुमहीका चुम बहादुर राना बर्षेनी २९ रोपनि वारि र ८ रोपनी खेतमा मकै लगाउंँछन् ।उनले यसवर्ष पनि मकै लगाए । यहि फलेको मकैले बर्षभरी खान पुग्थ्यो। हलक्क बढेको मकै भर्खर पसाउदै थिए । उनलाई यश बर्ष पनि मकै राम्रै फल्छ भन्ने आश थियो । किन कि मकै घोगा हाल्ने तयारीमा थिए। तर, सलहले बोटमै मकै सोतर पारेपछि उनको आश निराशामा परिणत भएको छ।

मकै हुर्कदै गर्दा अमेरिकी फौजी किराले आक्रमण गर्‍यो । उनले कृषि प्राविधिकको सल्लाह अनुसार विषादी छरेपछि फौजी किरालाई केहि नियन्त्रणमा ल्याउन सफल भए ।मंगलबार, दिउसो एकाएक ठूलो झुन्डमा आएका सलहबाट भने उनले मकै जोगाउन सकेन्न। हेर्दा हेर्दै सलहले मकै सकेपछी उनी चिन्तामा छन।
‘पसाउन लागेको मकैको पात र डाक्ला सक्योु पातमा लपक्कै सलह बसेर बोट नै ढलाएको छ, अब पलाउने आश पनि छैन’ रानाले भने ‘एक आधा घण्टामै बारीभरीको मकै सलहले खायोु बर्बाद भयो।’उनले भने।

राना मात्र हैन साबिकको हंसपुर गाबिसका मकै खेती गर्ने अधिकांश किसानको अवस्था उस्तै छ । किराले गुबोसमेत खाएर सखाप पारेका मकैका बोटका डाँठमात्र ठडिएका देखिएको समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्