Logo

झुण्ड सानो बन्दै, उड्ने क्षमता कम, राजस्थान फर्कन खोज्दै



काठमाडौँ, १७ असार । दैनिक १२ घन्टासम्म उड्न सक्ने सलह नेपालमा भने लामो समय उड्न नसकेको पाइएको विज्ञहरूले बताउनुभएको छ ।
सलहको प्राकृतिक बासस्थान भारत, पाकिस्तान र अफ्रिकाको मरुभूमि भएकाले सलह त्यता जान खोजिरहे पनि हावाको बहावको कारणले त्यता सहजै फर्कन नसकेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुुभयो ।

ुदेशका विभिन्न भागका कृषि वैज्ञानिकहरूले अहिले यसको गतिविधिलाई अध्ययन गरिरहेका छन्, प्रारम्भिक अध्ययनबाट ‘हावाको बहावसँगै प्राकृतिक बासस्थानमा जान सलहले ठाउँ खोजिरहेको देखिन्छ,हुमागाईंले भन्नुभयो । नेपालमा सलहले हावासँगै बगे पनि नेपालको हावापानी सलहको रुचिको बासस्थान नभएको उहाँले बताउनुभयो ।

सलहले एक घन्टामा १० देखि १५ किलोमिटरको यात्रा गर्ने र दैनिक १२ घन्टासम्म उडान भर्ने क्षमता राख्छ तर नेपालमा प्रवेश गरेको सलहको झुण्डले एकदेखि दुई घन्टाको उडेपछि पुनः बस्ने गरेको पाइएको हुमागाईंले बताउनुुभयो । ‘अरु देशमा सलह उड्ने प्रकृति र नेपालमा फरक छ’ उहाँले भन्नुभयो ।
ुशनिबार पूर्वी नेपालबाट प्रवेश गरेको सलह केही घन्टामा तितरबितर भए पनि आइतबार रुपन्देहीको कपिलवस्तुमा नयाँ झुण्ड प्रवेश गरेर किसानको अन्नबालीमा क्षति पुर्याएको छ,ु हुमागाईंले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

शनिबार सर्लाहीबाट प्रवेश गरेको झुण्ड बारा, पर्सा, मकवानपुर हुँदै महाभारत पर्वत शृङ्खलाको क्षेत्रहरूमा प्रवेश गरेको हुँमागाईंले बताउनुयो । सर्लाहीको झुण्ड काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाको क्षेत्रमा समेत देखिएको हो ।

सिन्धुलीको भिमान, त्यसपछि चियाबारी क्षेत्रमा देखिएको सलह काभ्रेको पाँचखालहुँदै मण्डनदेउपुरबाट मेलम्ची नगरपालिकातर्फ लागेको मण्डनदेउपुर–७ का काभ्रेपलाञ्चोकका कृषक शम्भु पराजुलीले बताउनुुभयो । कृषक पराजुलीले सलह हवाईजहाज उडेजसरी १८ सय मिटरसम्मको उचाइमा उडेको आफूले देखेको बताउनुभयो । सलहको केही समूह टुक्रिएर पाँचखाल नगरपालिका क्षेत्रमा समेत देखिएको प्रताप तामाङले बताउनुभयो । सलह देखिएपछि रोप्न ठिक्क पारेको धानको बीउमा नजिकै थाल ठटाउने गर्नुभएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्