Logo

विदेश जाने यात्रुको विमानस्थलमै स्वास्थ्य जाँच



काठमाडौ, असार १५ । विदेश जाने यात्रुको हकमा त्रिभुवन विमानस्थलमै वैज्ञानिक स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को सोमबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा वैज्ञानिक हेल्थ डेस्क राखेर स्वास्थ्य जाँच गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्घिसागर लामिछानेका
अनुसार सीसीएमसीले विमानस्थलमै वैज्ञानिक हेल्थ डेस्क राखेर स्वास्थ्य जाँच गर्ने विषयमा निर्देशन दिएको जानकारी दिए। स्वास्थ्य मन्त्रालयको समन्वयमा साविकको हेल्थ डेस्कले नेपालबाट बाहिर जाने यात्रुको पीसीआर परीक्षण नगरेको अवस्थामा यो हेल्थ डेस्क प्रभावकारी हुने उनले बताए।

विदेश जाने यात्रुको विमानस्थलमा रुघा खोकी र ज्वरो आए नआएको विषयमा हेल्थ डेस्कबाट परीक्षण हुने बताइएको छ। विमानस्थलको प्रस्थान विन्दुमा न्यूनतम स्वास्थ्य परीक्षणको व्यवस्था गर्न लागिएको लामिछानेले जानकारी दिए। कोरोना चेकजाँचका लागि पीसीआर रिपोर्टभन्दा फिट फर ट्राभल अथवा फिट फर फ्लाइटको अवधारणा अघि सारिएको उनले बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्