काठमाडौँ, १७ असार । गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड मंगलबारसम्म २७ जिल्लामा पुगेको पाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार मंगलबार साँझसम्म सलहका झुन्डहरू २७ जिल्लामा देखिएका हुन् ।
केन्द्रका अनुसार सलहका ५ वटा झुन्ड भारतबाट नेपालमा प्रवेश गरेका छन् । झुन्डहरू २७ जिल्लामा देखिएपनि अन्य स(सना समूहहरू भने अन्य जिल्लाहरूमा देखिएका छन् ।
सोमबार साँझ रुपन्देहीमा प्रवेश गरेको झुन्ड अहिलेसम्मकै ठूलो हो । उक्त झुन्डमा २०र२५ लाखको संख्यामा सलह रहेको सुवेदीले कान्तिपुरलाई बताए । भैरहवामा प्रवेश गरेको सो झुन्ड टुक्रिएर ३ तिर लागेको देखिन्छ । यो झुन्ड पश्चिम भेगतिर गइरहेको सलह सूचना केन्द्रले जनाएको छ ।
यो झुन्ड टुक्रिएर प्युठान र दाङ पुगेको छ । ुएउटा झुन्ड दाङको लमही र घोराहीमा पुगेको छ,ु सुवेदीले भने, ुअर्को झुन्ड प्युठानको सदरमुकामतिर फैलिँदै गएको छ ।ु प्युठान पुगेको उक्त झुन्ड टुक्रिएर रोल्पा हुँदै सल्यान पुगेको सुवेदीले जानकारी दिए । केही झुन्डहरू लमहीको सानो झुन्ड कृषि बालीमा बसेको र अर्को ठूलो झुन्ड राप्ती नदीको किनारमा बसेको सुवेदीले जानकारी दिए ।
यस्तै मंगलबार काठमाडौं उपत्यकाका ३ वटै जिल्लाहरूमा सलहका झुन्डहरू देखिएका छन् । असार १३ गते बारामा देखा परेको झुन्ड टुक्रदै मकवानपुरको मकवानपुर गढीमा बसेको थियो । उक्त झुन्ड पनि टुक्रिएर चितवन पुगेको थियो भने केही झुन्ड मकवानपुर हुँदै काठमाडौं उपत्यकाका प्रवेश गरेको सुवेदीले जानकारी दिए । मकवानपुरमा टुक्रिएको झुन्ड चितवनमा पुगेको छ । चितवनबाट पुनः टुक्रिएर कालिका, रत्ननगर र शक्तिखोर क्षेत्रमा मंगलबार पुगेको सलह सूचना केन्द्रले जनाएको खबर आजको कान्तिपुरले छापेको छ ।