काठमाडौं, १७ असार । सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको पाँचौं बैठक स्थगित् भएको छ । गत बुधबारदेखि सुरु भएको बैठकमा हिजोबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएसँगै विवाद उत्कर्षमा पुगेको छ । आज (बुधबार) को बेठकमा पाँच जना सदस्यहरुले धारणा राखेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार स्थायी कमिटीकाे बैठक पाचाैं दिन भिन्न कार्यसूचिमा नै केन्द्रित भई संचालन जारी रहेको जनाउँदै फेशबुकमा लेखेका छन्,’बैठकमा १. मदन जयन्तीका अवसरमा असार १४ गते सम्माननीय प्रधानमन्त्रीले राख्नुभएका विचार, सरकार हटाउन भारत सक्रिय रहेकाे, त्यसमा पार्टीका नेताहरूकाे संलग्नता रहेकाे र २. दुई दिनअघि निर्वाचन आयाेगमा दर्ताकाे लागि आवेदन परेकाे भनिएकाे नेकपा(एमाले) काे सम्बन्धमा छलफलमा सदस्यहरूले भाग लिनुभएकाे छ । यस विषयमा याेगेश भट्टराई, लीलामणि पाेखरेल,मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित सदस्य पेशलकुमार खतिवडा गरी ५ जनाले आअाफ्ना धारणा राख्नुभएकाे छ । अर्काे बैठक भाेलि असार १८ गते ११ बजे पुन: बस्ने भएकाे छ ।’
File Photo/PM’s Press Advisor