
काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नियमित चेकजाँचका लागि अस्पताल पुगको छन् । मुटुको समस्या देखिएपछि उनी गंगालाल हृदयरोग केन्द्र पुगेका हुन् ।
गंगालाल अस्पतालमा ओलीको मुटुको चेकजाँच भएको थियो । परीक्षणपछि उनी बालुवाटार फर्किएका थिए ।
दोस्रो पटक मृगौला प्रत्यारोपणपछि ओली तंग्रिएका छन् । तर, बेला बेलामा समस्या आएर नियमित चेकजाँच गर्दै आएका छन् । पछिल्लो समय धपेडीका कारण उनलाई समस्या भएको भन्दै आराम गर्न चिकित्सकले सुझाव दिएको बुझिएको छ ।-File Photo