Logo

एसईईको आन्तरिक मुल्यांकन जतिसक्दो निष्पक्ष बनाउन निर्देशन



काठमाडौ, १८ असार । कोरोना महामारीका कारण स्थगित कक्षा १० को एसईई परीक्षाको आन्तरिक मुल्यांकनको नतिजा जतिसक्दो निष्पक्ष बनाउन निजी क्षेत्रका शैक्षिक संगठनहरुले निर्देशन दिएका छन् । नीजि शैक्षिक संस्थाहरु आबद्ध शैक्षिक संगठनहरु नेशनल प्याब्सन र ब्याब्सनले आफ्नो बिद्यालयको कम्तिमा ३ बर्षको एसईई रिजल्टको समेत अध्ययन गर्न निर्देश दिएका छन् ।

बिद्यार्थीहरुको आन्तिरिक मुल्यांकन गर्दा स्वतन्त्र र निष्पक्ष भई बिद्यार्थीको मुल्यांकन गर्न तथा मुल्यांकनका आधारहरु समेत अभिलेख राख्न भनेको छ । साथै राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक नगरुञ्जेल गोप्यता कायम गर्दै नतिजाको अनावश्यक प्रचारप्रसार नगर्न पनि निर्देशन दिएको समाचार आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot