Logo

ओलीसँग भेटेका दाहाल सचिवालयका ६ जनासँग छुट्टै छलफलमा जुटे



काठमाडौं, १८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक प्रभावित बनेको छ । बालुवाटारमा बैठक केही समय बसेर स्थगित् भएको छ । पार्टीको स्थायी कमिटी बैठक चल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकेर संसदको बजेट अधिवेशन अन्त्यको लागि सिफारिश गर्ने निर्णय गरेपछि बैठक प्रभावित बनेको हो ।

बैठक स्थगित् भएपछि महासचिव विष्णु प्रसा पौडेलको मध्यस्थतामा अध्यक्षद्धय ओली र दाहालबीच छलफल भएको थियो । तर, उनीहरुबीचको छलफल सकारात्मक नभएको स्रोतको दाबी छ । ओलीसँगको छलफललगत्तै दाहालले आफू पक्षका नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासँग बालुवाटारमै छलफल गरिरेहका छन् । दाहाल-नेपाल समूहले हिजो पनि छुट्टै भेला गरेको थियो । जसमा ३० जनाभन्दा बढि स्थायी कमिटी सदस्यहरु सहभागी रहेको नेता भीम रावलले जनाएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्