Logo

प्रधानमन्त्री ओलीबिनै नेकपा स्थायी कमिटी बैठक सुरु, प्रचण्ड बोल्दै



काठमाडौं, १८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पूनः सुरु भएको छ । सबा १२ बजे केही समय बसेर बैठक स्थगित् भएको थियो । तर, सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेपछि बैठक प्रभावित बनेको हो ।

यो बीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । राष्ट्रपतिलाई भेटेर फर्किएपछि दाहालले बैठक सुचारु गरेको र अहिले उनले बोलिरहेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्