Logo

हङकङका नागरिकबारे युकेको अभिव्यक्तिमा चीनको आपत्ति



बेइजिङ, १९ असार । बेलायतले हङकङका नागरिकलाई नागरिकता दिने प्रस्ताव गरेकोमा चीनले आपत्ति जनाएको छ । आफ्नो अर्धस्वायत्त भूगोलमा हस्तक्षेप भन्दै चीनले बेलायतलाई सम्भावित उपायको चेतावनी दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै लण्डनस्थित चिनियाँ दूतावासले हङकङमा बस्ने मानिसहरुलाई चिनियाँ नागरिक भन्दै बेलायतको प्रस्ताव दुबै पक्षको विगतको संरचनाको उल्लंघन भएको जनाएको छ ।

बेलायतले भने ३० लाख हङकङका नागरिकले बेलायतमा बसोबासका लागि आवेदन फारम भरेपछि उनीहरुलाई बेलायतले नागरिकता दिने प्रतिवद्धता जनाएको थियो । बेलायतको पूर्व उपनिवेश रहेको हङकङमा पछिल्लो समय राजनीतिक अस्थिरता छ । जसले गर्दा राजनीतिक संकट उत्पन्न गर्नसक्ने आंकलन गरिएको छ ।

चीनले यहाँ ५० वर्षयता ‘एक देश दुई व्यवस्था’को आधारमा शासन गर्दैआएको छ । तर पछिल्लो समय पृथकतावादी आन्दोलन उठ्न थालेपछि राष्ट्रिय सुरक्षा कानुन लागु गर्दै हङकङमाथि थप कडाइ गर्न थालेको छ । तर चीनको यस्तो गतिविधिप्रति अमेरिका, बेलायत लगायत देशले विरोध जनाएका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot