एजेन्सी १९ असार । भारतको छत्तीसगढ राज्य एक प्रहरी सोमारु पोयामलाई माओवादी समूहले क्रुरतापूर्वक हत्या गरेको छ । उक्त घटना छत्तीसगढ राज्यको बीजापूर जिल्लास्थित मातवाडा गाँउमा घटेको हो ।
उनलाई पौराणिक हतियार वाण, तीर र कुल्हाडीले उनको परिवार सामू माओवादीको समूहले बुधबार राती करिब १०ः५० मिनेटमा हत्या गरेका हुन् । प्रहरीका परिवारले उनलाई बचाउन खोज्दा परिवारका सदस्यहरुलाई समेत प्रहार गरिएको थियो । प्रहरी फार्सेगढ क्षेत्रमा रहेको प्रहरी चौकीका हबल्दार रहेका थिए । उनी आफ्नो विरामी बिदा स्वीकृत गराई धरमै केही दिन देखि बस्दै आएका थिए । १२ जनाको माओवादी समूहले उनको घरमै घुसेर हत्या गरेका हुन् । उनको शरीरभरी माओवादीले तीर घोपेका थिए । १२ जनाको समूहले प्रहार गरेपछि प्रहरीको मृत्यु भएको थियो ।
क्रुरतापूर्वक हत्या पछि प्रहरी घटनास्थलमा पुगेका थिए । उनको शरीमा छ वटा बाण छेरिएको थियो भने उनको टाउकोमा कुल्हाडीले प्रहार गरिएको जनाइएको छ । घाइते परिवारलाई अस्पताल लगिएको थियो । त्यस क्षेत्रमा अत्यधिक संख्यामा माओवादी रहेको कारण अवस्था गभ्भीर रहेको छ ।
प्रहरीले उक्त क्षेत्रहरुमा निगरिानी कडाई गरेको छ । त्यसैगरी सोही क्षेत्रमा अर्को घटना मंगबार राती घेटेको थियो । राष्ट्रिय खनिज विकास विभागमा कार्यरत एक कामदारले प्रहरीलाई माओवादको जासुसी गरिरहेको कारण उनको समेत हत्या हत्या गरिसकेको थियो ।