एजेन्सी, १९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनसँगको सिमा नजिकैको लद्दाख क्षेत्र पुगेका छन् । उनी आज विहान लद्दाख पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतका सेनापति जनरल एम एम नरवाणे र चिफ अफ आर्मी स्टाफ जनरल विपित रावतलाई लिएर मोदी लद्दाख पुगेका हुन् । त्यहाँ उनले हवाई निरीक्षण गर्ने बुझिएको छ ।
मोदीले भारतीय सेनाको गतिविधिबारे जानकारी लिइरहेको तस्बिर समेत सार्वजनिक भएको छ ।
भारत र चीनका सेनाबीच झडप भएपछि मोदी पहिलोपटक लद्दाख पुगेका हुन् । उनको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।-Photo Source: ANI