Logo

‘ओलीले प्रधानमन्त्री छाड्नुपरे पार्टी फुटाउने’



काठमाडौं, १९ असार । ‘ओलीले प्रधानमन्त्री पद छाड्नुपरे पार्टी नै फुटाउने’ तयारी गरिसकेको निष्कर्ष उनको विरोधी समुहले निकालेको छ । आज तीन घन्टा बालुवाटारमा छलफलपछि प्रचण्डले यही आशय आएको आफ्ना निकटस्थहरुसँगको छलफलमा भनेको बुझिएको छ ।

प्रचण्डले बारम्बार सहज तरिकाले सरकारबाट फिर्ता हुन भनेपनि ओली तयार भएनन् । उनले बरु अन्य विकल्प दिए । तत्काल नछाड्ने बरु केही पछि सत्ता हस्तान्तरण गर्ने देखि महाधिवेशनमा पार्टी अध्यक्ष समेतको जिम्मेवारी त्यागिदिने प्रस्ताव गरे । तर, तत्काल छाड्न राजी भएनन् । कुरा यही मिलेन ।

प्रचण्डले ओलीको मनशाय राम्ररी बुझे । महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्माले भेटको व्यवस्था मिलाएका थिए । मिलाउन चाहने भएपनि मिल्ने कुरा निस्किएन । बरु ओलीले समय लिदै विपक्षमा रहेका स्थायी कमिटीका नेताहरुलाई धमाधम तान्न खोजिरहेको चाल पाए ।

उपाध्यक्ष बामदेव गौतमले नेकपा एमाले पार्टी दर्ता भइसकेको र त्यो ओलीको योजनामा भएको खुलाइसकेका थिए । नभन्दै पार्टी फुटाउन सजिलो बनाउने गरी अध्यादेशको तयारी गरियो । संसदको बजेट अधिवेशन अन्त्य गरियो । यसका पछाडि नयाँ दल दर्ता गर्ने अध्यादेश ल्याउने उद्देश्य रहेको छ । यसरी ओलीले प्रधानमन्त्री नछाड्ने बरु पार्टी फुटाउने सम्मको तयारी गरेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्