Logo

रसुवागढी नाका खुलाउने तयारी



रसुवा, असार २०। नेपाल–चीन व्यापार नाका रसुवागढी खुलाउने तयारी भएको छ । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका कारण रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालन हुने भएको छ ।

गत साता बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति भएपछि नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराइसकेका छन् ।

रसुवा भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिहीबारदेखि चीनको केरुङमा सामग्री लोड हुन थालेको भए पनि सोमबारबाट सामग्री आयात हुने बताए । बिहीबारदेखि सामग्री लोड हुन थालेको छ ।’ उनले भने ‘सोमबारदेखि सामग्री आयात हुने चिनियाँ पक्षले बताएका छन् ।’

रसुवागढी नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छन् । सुरुमा ट्रायलका लागि चिनियाँ चारवटा ट्रकले सामग्री लिएर मितेरी पुल आउने छन् । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने छ । मितेरी पुलबाट चीनतर्फ भने जान नपाइने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot