काठमाडौं, असार २० । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर पाँच लाख २९ हजार ६३ जनाको मृत्यु भएको छ ।
हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड ११ लाख ८९ हजार ३२५ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ६२ लाख ९७ हजार १५० जना भने उपचारपछि निको भएका छन् ।
अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ भने २८ लाख ९० हजार ५८८ जना संक्रमित फेला परेका छन् ।
अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ६३ हजार २५४ जनाको मृत्यु भइसकेको छ भने १५ लाख ४३ हजार ३४१ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।
यस्तै, इटलीमा ३४ हजार ८३३, स्पेनमा २८ हजार ३८५, फ्रान्समा २९ हजार ८९३, इरानमा ११ हजार २६०, बेल्जीयममा ९ हजार ७६५, जर्मनीमा ९ हजार ७३, नेदरल्याण्डमा ६ हजार ११३, टर्कीमा ५ हजार १८६, स्वीजरल्याण्डमा १ हजार ९६५, भारत १८ हजार ६६९ जनाको मृत्यु भइसकेको छ ।