Logo

तीन महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने भारतीय कम्पनिको तयारी



एजेन्सी, २० असार । कारोना भाइरसविरुद्धको भ्याक्सिन तीन महिना भित्र प्रयोगमा ल्याउन सक्ने एक भारतीय कम्पनिको दाबी रहेको छ । जाइडस क्याडिला नाम गरेको भारतीय कम्पनीका प्रमुख पंकज पटेलले भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेससंगको अन्तरवार्तामा बताएका छन् ।

‘जाइडस क्याडिला’ले निर्माण गरेको औषधी ‘जाइकोभ डी’लाई मानव परीक्षणका लागि केन्द्रिय मानक नियन्त्रण संगठनले स्वीकृती दिइसकेको छ । उक्त भ्याक्सिनको मानव परिक्षण अगाामी महिनामा सुरु गरिने विषय उनले बताए । कम्पनीले मार्चको सुरुवाती दिन देखि कोरोनामा पाइने एस प्रोटिनको अध्ययन र अनुसन्धान गरेको बताए ।

अनुसन्धानको क्रममा कम्पनीले चार पकारको भ्याक्सिन निर्माण गरेको र त्यस मध्ये एकको छनौट गरिएको विषयलाई उनले बताए । चार प्रकारका जनावरमाथि उक्त भ्याक्सिनलाई प्रयोग गरिएको थियो । जनावर प्रतिरक्षा प्रणालीमा सुधार देखिएको र भाइरसलाई मार्न सक्ने क्षमताको समेत अविवृद्वि गर्ने विषयलाई उनले प्रकाश पारे । मावन परिक्षणको तीन चरण मध्ये दुई चरण समाप्त गरी भ्याक्सिनलाई प्रयोगमा ल्याउने नभए रेगुलेटरले भने अनुसार कदम चाल्ने विश्वास प्रमुखले व्यक्त गरेका छन् ।

भ्याक्सिनले शरीरमा कुनै हानी नपुर्याएको समेत उनले जानकारी दिएका छन् । पहिलो र दास्रो चरणको परिक्षण करिब एक हजार मानिसमा गरिने जनाइएको छ । विश्व व्यापी संकट देखिएको विषयका कारण यसलाई निरन्तर डब्लूएचओको सम्र्पकमा रहेको समेत उनले बताए । यसको साकारात्मक प्रभाव देखिएपछि कम्पनीले अगामी कदमबारे जानकारी दिनेबारेमा स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्