Logo

अवको नौ महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने



भैरहवा, असार २१ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा निर्माण अवधि पाँचौपटक थपिएको हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार चौथोपटक विमानस्थल निर्माणको अवधि थपिएको हो । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाईको मुख्य कारण बनेको छ ।

अव भने थपिएको समयभित्रै निर्माण कार्य सम्पन्न हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
३१ मार्च २०२० मा निर्माण सक्ने लक्ष्य राखिएकोमा असहज परिस्थितिका कारण काममा ढिलाइ हुँदा नौ महिना म्याद थप भएको उनले बताए । प्राधिकरणका अनुसार डिसेम्बरमा निर्माण सकिएमा त्यसपछि सञ्चालनपुर्वको तयारीका लागि करिव तीन महिना समय लाग्नेछ ।

अव बीचमा कुनै अवरोध नभए नौ महिनाभित्र विमानस्थलमा व्यावसायिक उडान हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्