Logo

वडाध्यक्षद्वारा स्थानीयलाई कुटपिट



कालिकोट, २१ असार । जिल्लाको पचालझरना गाउँपालिका–९ का वडाध्यक्ष जोरे तिरुवाले एक स्थानीयलाई कुटपिट गरेका छन्। बालबालिकाले ढुंगा फालेको विषयमा विवाद हुँदा वडाध्यक्ष तिरुवाले छिमेकी नयाँ तिरुवालाई कुटपिट गरेका हुन्।

वडाध्यक्षको कुटाइबाट घाइते भएका नयाँ तिरुवा अस्पताल भर्ना भएका छन्। बालबालिकाले ढुंगा फोलेको विषयमा विवाद हुँदा वडाध्यक्ष जोरेले हसिया प्रयोग गरी नयाँ तिरुवालाई सक्त घाइते बनाएको नयाँका भाइ प्रेमसिंह तिरुवाले जानकारी दिए।‘नयाँ तिरुवाको घरभन्दा तल वडाध्यक्षको घर छ। नयाँ तिरुवाको घरका दुई नाबालकले घरको आँगनबाट ढुंगा खसाल्दा वडाध्यक्षको आँगनमा पर्‍यो।

वडाध्यक्षको बुहारीले बालबालिकाहरुले ढुंगा लगायतका फोहहरु फालेको भन्दै गाली गरेपछि नयाँ तिरुवाले गाली नगर्न आग्रह गरेु उनले भने, ुतलमाथि अल्लो पल्लो घरमा बच्चाबच्चीले गरेको गल्तीका विषयमा हामीले गाली गर्नु राम्रो होइन भनेर सम्झाए। त्यही विषयमा वडाध्यक्ष आफैं आएर विवाद गर्न थाले। उनीहरुले एकोहोर गाली गरेपछि नयाँ तिरुवा रिसाए।ु

त्यसै विवादमा घरबाट हसिया ल्याएर वडाध्यक्षले जोरे तिरुवाको टाउकोमा हिर्काएको र उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रेमसिंह तिरुवाले बताए। उनले भने, ुबच्चाको सामान्य विवादमा वडाध्यक्ष जोरे तिरुवा र उनका छोरा पूर्ण तिरुवाले नयाँ तिरुवालाई कुटपिट गरे। पहिलेदेखि नै वडाध्यक्षका परिवारले विभिन्न बाहाना बनाएर गाली गर्ने, कुटपिट गर्ने गर्दै आएका थिए। यसपटक हसियाले हानेर गम्भीर घाइते बनाएकाले न्यायको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ । FIle photo



प्रतिक्रिया दिनुहोस्