Logo

आज कहाँ–कहाँ बर्षा?



काठमाडौं, असार २१ । सक्रिय मनसुनका कारण आज देशभर बदलीसहित वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सक्रिय मनसुन केही दिन लम्बिदै जाने भएकाले वर्षाको सम्भावना रहेको जनाउँदै बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जनाउँदै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

आइतबार देशभर साधारणतया बदली रही केहि स्थानहरुमा स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । रहनुका साथै प्रदेश १, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन समेत मशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्