Logo

कोरोनाभाइरस बारे अनुसन्धान गर्न चीन जाँदै डब्लूएचओ टोली



जेनेभा , २१ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ रोगबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओका अधिकारीहरु ६ महिनापछि चीन जाँदैछन् । अर्को साता उनीहरु चीनको वुहान जाने भएका हुन् । जुन ठाउँबाट गत वर्षको डिसेम्बरदेखि कोभिड १९ फैलिन सुरु भएको बताइन्छ । चीन पुगेर अनुसन्धान गर्ने भने पनि विश्व स्वास्थ्य संगठनले यसको मिति तय गरी तयारी भने गरेको थिएन । यसबीचमा अमेरिकाले डब्लूएचओ र चीनको सम्बन्धलाई जोडेर विभिन्न आरोप लगाइसकेको छ ।

कोभिड १९ का कारण विश्वभर पाँच लाख भन्दा धेरैको मृत्यु हुनुका साथै एक करोड बढी संक्रमित भएका छन् । चीनमा पनि चार हजार भन्दा धेरैको मृत्यु भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने चीनले वुहानको ल्याबबाट कोभिड १९ उत्पादन गरी विश्वभर फैलाएकोमा आफू विश्वस्त रहेको जिकिर गर्दैआएका छन् ।

यद्यपि अमेरिकी विज्ञहरुले यो मानव निर्मित नभएको बताउँदै आएका छन् । यस्तैमा डब्लूएचओले यसबारे आगामी हप्ता चीनमा नै पुगेर अनुसन्धान गर्ने भएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्