Logo

पानीको थैली सहित शिशुको जन्म



डडेल्धुरा, असार २१ । डडेल्धुरामा पानीको थैली सहित शिशुको जन्म भएको छ। डडेल्धुरा अस्पतालमा शनिबार पानीको थैली सहितको शिशुको जन्म भएको हो। ’इन काउल बर्थ’ भनिने यस्तो घटना प्रसूति प्रकृयामा निकै दुर्लभ मानिने चिकित्सकहरुले बताएका छन्।

डोटीको दीपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया महिलाले शल्यक्रिया मार्फत ‘इन काउल बर्थ’ बच्चालाई जन्म दिएकी हुन् । उनले यो भन्दा पहिले जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन् । उनकोे तौल दुई किलो ६ सय ग्राम रहेको अस्पतालले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्