Logo

देउवाले ओलीलाई साथ देलान् ?



काठमाडौं, २१ असार । नेपाल कम्युनिस्ट पार्टी विभाजनको नजिक पुगेपछि त्यसपछि हुने राजनीतिक परिस्थितिबारे आँकलन हुन थालेको छ । सम्भावित घटनाक्रमलाई लिएर राजनीतिक दलका शिर्ष नेताहरुबीच छलफल अगाडि बढेको छ ।

नेकपाभित्र अध्यक्ष केपी शर्मा ओलीलाई हटाइछाड्ने अडानमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतसहित छ जना सचिवालय सदस्य देखिएपछि नयाँ सम्भावना देखिएको हो । ओलीले अध्यादेश ल्याएर भएपनि नयाँ पार्टी बनाउने चर्चा छ । सम्भवत भोलि बस्ने स्थायी कमिटी बैठकले ओलीबारे निर्णय लिनु अघि वा पछि कुनै घटना विकास भइसक्छ ।

ओली र प्रचण्ड समुह अगल भएमा त्यसपछि बन्ने सत्ता गठबन्धनमा नेपाली काँग्रेसको महत्वपूर्ण भुमिका हुनसक्छ । काँग्रेसले जसलाई समर्थन गर्छ उसैको सरकार बन्न सक्छ । ओलीले देउवालाई बालुवाटारमा भेटेर आफूलाई सम्भावित परिस्थितिमा साथ दिन भनिसकेको बुझिएको छ । तर, उनले कसलाई साथ दिन्छन् निश्चित छैन । एमसीसीको पक्षमा देउवा पनि रहेकाले उनको साथ ओलीलाई हुने विश्लेषण भइरहेको छ । तर, देउवालाई पनि पार्टीभित्र सजिलो छैन ।

ओलीलाई देउवाले साथ दिन खोजे वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवारका अलावा प्रकाशमान सिंहको चाहना फरक हुनसक्छ । त्यतिबेला काँग्रेसमा पनि टकराव बढ्न सक्छ । नेकपाभित्रको टकरावको छिटा अहिले देखि नै अन्य दलमा पनि पर्न थालिसकेको छ । दलहरुको आन्तरिक प्रतिपक्षीहरु सबै विकसित घटनाक्रममा आफ्नो पक्षमा चाल्ने कदमका लागि तयार अवस्थामा बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्