Logo

अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले नेकपा फुटाउन मिल्दैन



काठमाडौं, २१ असार । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको छ । तर, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को प्रावधान अनुसार उक्त दल फुट्नै मिल्दैन ।

उक्त ऐनको दफा ३३ को उफदफा ३ मा नयाँ दल गठन गरेर निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दल छुट्टिई अर्को दल गठन हुन नसक्ने व्यवस्था छ । उपदफा ३ मा भनिएको छ- यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा २ बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिई अर्को दल गठन हुन सक्नै छैन ।

नेकपा दुई वर्ष अघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको हो । ऐन अनुसार अझै नेकपा पाँच वर्षसम्म फुट्न सक्दैन । दल फुटाउने हो भने सरकारले तत्काल अध्यादेश ल्याउन सक्छ । जसमा पाँच वर्षको साटो दुईवर्ष अवधि राख्नुपर्ने हुन्छ । ४० प्रतिशत सांसद र केन्द्रय कमिटि सदस्य पुर्याउनुपर्ने प्रावधान पनि छ । नेकपाको फुटाउने पक्षले दुवै संख्या पुर्याउनुपर्ने हुन्छ । यस्तो अवस्था नआउने देखिएमा अध्यादेश ल्याएर ऐनमा परिवर्तन गर्नुपर्ने हुन्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्