काठमाडौं, २१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निर्णायक वार्ता सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटलगत्तै दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । दाहालसँगै उनको तर्फबाट नेताहरु जनार्दन शर्मा र वर्षमान पुन सहभागी छन् भने ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल सहभागी छन्।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला अध्यक्षद्धयबीच समझदारी कायम गर्न पछिल्ला दिनमा भेटवार्ता तथा छलफल बाक्लिएका छन् । असार १० गतेबाट सुरु भएको पार्टीको स्थायी कमिटीको पाँचौं बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेको छ ।
अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको पहिलो दिनमै ओलीको राजीनामा मागे थिए । तर, ओलीले कुनैपनि हालतमा आफूले राजीनामा नदिने अडान लिएका छन् । File Photo