Logo

गुरु पुर्णिमा किन मनाइन्छ



काडमाडौ, २१ असार । हाम्रो देशमा गुरुलाई धेरै सम्मान गरिन्छ । किनकी गुरुले नै हामीलार्ई गलत बाटोबाट हटाएर सही मार्गमा हिडाउने गर्छन् । पौराणीक कथाअनुसार एक व्यक्ति महान बनाउनेमा विशेष योगदान गुरुको नै हुन्छ ।

आजको दिनलाई गुरु पुर्णिमा मनाउने केहि कारणहरु छन् । जस मध्ये यसदिन महान गुरु महर्षि वेदव्यासको जन्म भएको थियो । उनले महाभारत, श्रीमद्धागवत, ब्रहसुत्र र अट्टारह पुराण जस्ता अद्भुत साहित्यको रचना गरे । अषाढको पुर्णिमामा वेदव्यासको जन्म भएको शास्त्रमा बताइएको छ । यसैले आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमाको दिन गुरु पुर्णिमा पर्व मनाउदै आएको हो ।

यो वर्ष असारको २१ गते गुरु पुर्णिमा परेको छ । आजको दिन सबै शिष्यले आफ्ना गुरुहरुको हातबाट आर्शिबाद लिने र गुरुलाई धन्यवाद दिने गर्छन् ।

महत्वः गुरु बिना शिष्यको जीवनको कुनै अर्थ हुँदैन । रामायण देखि महाभारतसम्म गुरुको स्थान सबैभन्दा महत्वपुर्ण र सर्वोच्च रहेको छ । गुरुपुर्णिमाको पर्व महर्षि वेदव्यासको जन्मदिवसको रुपमा मनाउदै आइरहेका छौ । वेदव्यास ऋषि पराशर र सत्यवतीका छोरा थिए । महर्षि ३ कालका ज्ञाता मानिन्छन् । महर्षि व्यासले वेदलाई फरक फरक खण्डमा ऋग्वेद, यर्जुर्वेद, सामवेद र अर्थवेदमा विभाजन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्