Logo

कांग्रेस बैठक : नेताहरुले मागे ओलीसँगको गोप्य भेटबारे देउवासँग स्पष्टीकरण



काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरुले सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भएको गोप्य भेटबारे जवाफ मागेका छन् । आज अपरान्ह ३ बजेबाट सुरु भएको पार्टीको केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले उक्त भेटबारे सभापति देउवासँग जवाफ माग गरेका हुन् ।

कांग्रेस केन्द्रिय समिति बैठक बस्नुअघि नेकपाका संसदीय दलका उपनेता तथा प्रधानमन्त्री ओलीका विश्वासपात्र सुवासचन्द्र नेम्वाङले समेत सभापति देउवालाई भेटेका थिए । नेम्वाङ र देउवाबीचको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी भैरहेका छन् ।

प्रधानमन्त्री ओलीले कांग्रेसलाई सरकारमा सहभागी गराउनेगरि प्रस्ताव दिएर नेम्वाङलाई देउवा निवास पठाएको पनि स्रोतको दाबी छ । कांग्रेस सरकारमा आउने भए गृह र अर्थ मन्त्रालय दिन सकिने ओलीको प्रस्ताव नेम्वाङले देउवालाई सुनाएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्