Logo

साँढे छ हजार भुपु गोर्खा सैनिकलाई जम्मू र कश्मिरमा बसोबासको अनुमति



एजेन्सी, २१ असार । भारतीय सेनाबाट अवकाशप्राप्त गोर्खा सैनिकहरुलाई जम्मू कश्मिर प्रशासनले औपचारिक रुपमा बसोबास गर्ने अनुमति स्वीकृत गरेको छ । जम्मू र कश्मिर प्रशासनले उक्त निर्णय एक साता अगाडि गरेको टाइम्स अफ इन्डियाले लेखेको छ ।

अवकास प्राप्त गोर्खा सैनिकहरुले सो क्षेत्रमा घर जग्गा किन्ने र जागिर समेत खान मिल्ने गरी नयाँ व्यवस्था ल्याएको जनाइएको छ । काश्मिर क्षेत्रमा भने करिब सात सय आवेदनले स्वीकृती पाइसकेको अधिकारीहरुले जनाएका छन् ।

भारतीय सेनाका निम्ति खटिएका गोर्खा सैनिकको हकहित र परिवारका लागी ठूलो योगदान प्राप्त भएको देखिन्छ । जम्मू स्थित वाल्मिकी समुदायमा बसोबास गर्दै आएको ३५ सय गोर्खा सैनिक मध्ये २५ सयले स्वीकृती पाइसकेको जनाइएको छ । बालमिकी समुदायमा पन्जाब देखि सन् १९५७ मा शैनिक र उनको परिवारलाई ल्याइएको थियो । उनीहरुको भारतीय सेना प्रतिको योगदानलाई मध्यनजर राखिएको हो ।

मे १८ मा जम्मू अधिकारीले स्वीकृती लीन आवेदन खुल्ला गरेको थियो । १५ दिन भित्र आवेदन नबुझाउनेलाई ५० हजार सम्मको जरिवाना लाग्ने समेत जनाइएको थियो । जम्मु कश्मिरमा विगत १५ वर्ष देखि रहँदै आएको र सोही क्षेत्रमा अध्ययन गरिरहेकाहरु स्वतः योग्य रहेको छ । प्रत्येक दिन आवेदन दूई सयको संख्यामा आउने गरेको जनाइएको छ । कुल आवेदन भने ३३ हसार सम्म पुगिसकेको अधिकारीहरुले जनाएका छन् ।

२६ जुन देखि भारतीय अधिकारीहरुले मान्यता दिन सुरु गरिसकेको जनाए । विगतमा उक्त क्षेत्रमा रहँदै आएका गोर्खा शेनिकका परिवारहरुले स्थायी बसोबासको आवेदन भर्दा र अन्य जागीरका लागि फारम भर्दा कुनै नतिजा नआएको गुनासो गोर्खा सैनिकले गर्दैै आएको थियो । यसलाई विशेष ध्यान दिई सरकारले सो निर्णय गरेको जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्