Logo

ओली-दाहाललाई गगन थापाले भने : ‘प्रवृति फेर, धन्दा छोड’



काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले कांग्रेससँग सामिप्यता देखाएर नेकपाभित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अवमूल्यन भएको टिप्पणी गरेका छन् । उनले जनताले पाँच वर्ष नेकपालाई सरकार चलाउन र कांग्रेस सवल प्रतिपक्षीय भूमिकामा रहने म्याण्डेट दिएको पनि सम्झाएका छन् ।

थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,’जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएका हुन।यसमा हामी स्पष्ट छौं।कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन हो। प्रवृति फेर,धन्दा छोड।’



प्रतिक्रिया दिनुहोस्