Logo

नेकपासँग कांग्रेसको डिलः केन्द्रीय समितिमा देउवाले दिए यस्तो ब्रिफिङ



काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र चर्किएको आन्तरिक कलहबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच वार्ताबारे आइतबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा ब्रिफिङ भएको छ।

सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको छलफल भएको स्वीकार्दै यसबारे सदस्यलाई ब्रिफिङ गरेका हुन्।

उनले नेकपाको आन्तरिक विवादमा कांग्रेसलाई खासै रुचि नभएको स्पस्ट पार्दै नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने बारे कुनै डिल नभएको बताए।

आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे बाहिर भएको चर्चाबारे स्पस्ट पार्न देउवालाई आग्रह गरेका थिए।

स्रोतका अनुसार असार १७ गते प्रधानमन्त्री ओली र देउवाबीचको भेटवार्ताको वातावरण केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले मिलाएका थिए।

आइतबार बिहान पनि देउवासँग छलफल गर्न ओलीले संसदीय दलका उपनेता नेम्वाङलाई पठाएका थिए। ओलीले सहकार्य र सहयोगका लागि अनौपचारिक प्रस्ताव पठाएको खुलासा बैठकमा रिजालले गरेका थिए। खासगरी संसद अधिवेशनको आकस्मिक अन्त्य र राष्ट्रपतिलगायका विषयमा विवाद नचर्काउन ओलीले देउवासँग आग्रह गरेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ । FIle photo



प्रतिक्रिया दिनुहोस्