Logo

निर्णायक भनिएको बालुवाटार बैठक सकियोः कुरा मिलेन



काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र चर्किएको आन्तरिक कलहले जटिल रुप लिएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ ।

बालुवाटारको निर्णायक वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बसेका छन् । प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।

एकताको अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्णायक वार्ता गरेका हुन् । छलफलमा दुवै अध्यक्ष आफ्नो अडानमा रहेपछि कुरा मिल्न नसकेको बालुवाटार स्रोतले जानकारी दिएको छ । फेरि छलफल गरेर सहमति गर्नेगरी अहिलेको छलफल सकिएको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ । File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot