Logo

सर्वोच्चमा संवैधानिक इजलास सुचारु हुने



काठमाडौं, २२ असार । लामो समयदेखि स्थगित रहेको सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले अब सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासले कारबाही र सुनुवाइ गर्नेबारेमा नेपाल बार एसोसिएसनलाई जानकारी गराएको छ ।

संवैधानिक इजलासमा विगत चार महिनादेखि सुनुवाइ प्रक्रिया स्थगित हुँदै आएको थियो । बन्दाबन्दीको अवधिमा सर्वोच्च अदालतमा केही मुद्दा तथा विवादको सुनुवाइ भए तापनि संवैधानिक इजलास भने पूर्ण रुपमा बन्द रहँदै आएको थियो ।

अब भने सो इजलासमा पनि सुनुवाइ प्रारम्भ गर्ने गरी व्यवस्था गरिएको सर्वोच्च अदालतले जानकारी दिएको छ । बन्दाबन्दी अघि बुधबार र शुक्रबारको दिन संवैधानिक इजलासमा सुनुवाइ हुने गर्दथ्यो ।

सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार आगामी बुधबारबाट संवैधानिक इजलास बस्ने सम्भावना रहेको छ । उक्त इजलासमा प्रधानन्यायाधीशसहित सर्वोच्चका पाँच न्यायाधीश रहने संवैधानिक व्यवस्था हुने खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्