Logo

प्याब्सन र एन प्याब्सनलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन मन्त्रीको आग्रह



काठमाडौं, २२ असार । निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आज सोमबारबाट अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेपछि सरकारले वार्ता शुरु गरेको छ ।

वार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । मन्त्री पोखरेलले सरकारले निजी विद्यालयको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको थियो ।

आन्दोलनको तयारी गरिरहेको प्याब्सन र एन प्याब्सनको नेतृत्वले माग पूरा नभए अनलाइन कक्षा बन्द गर्ने कार्यक्रमलाई अघि बढाउने चेतावनी दिएका खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्