काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बैठक २४ असारमा बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
पार्टीभित्रको विवाद मिलाउन दुई दिनको समय राखिएको नेकपाका एक नेताले जानकारी दिए । नेकपाभित्र विवाद मिलाउन दुई दिनको समय राखिएको एक नेताले जानकारी दिए । आज स्थायी कमिटीले निर्णय लिने भनिएपनि नेताहरुले सहमतिको बिन्दु तयार गर्ने प्रयास गरिरहेकाले स्थगित भएको हो । यसअघि पनि बैठक स्थगित गरी आज बस्ने तय गरिएको थियो ।-File Photo