काठमाडौं, असार २२ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या पाँच लाख ३६ हजार आठ सय ४१ पुगेको जनाएको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल, तेस्रोमा भारत, चौथोमा रसिया र पाँचौमा पेरुमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।
अमेरिकामा सोमबारसम्म एक लाख ३२ हजार पाँच सय ६९ मानिसले ज्यान गुमाइसकेका छन । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।