एजेन्सी, २२ असार । चीनले भुटानी भुमिलाई आफ्नो भन्दै दाबी गरेको खबर आएको छ । भारतले भने यसलाई भारतमाथि दबाब सृजना गर्ने रणनीतिका रुपमा बुझेको छ । टाइम्स अफ इन्डियाले चीनले दिल्लीमाथि निरन्तर दवाब सिर्जना गर्न सम्पूर्ण क्षेत्रबाट भारतलाई घेर्न निरन्तर प्रयास गरिरहेको उल्लेख गरेको छ ।
चीन र भुटानबीच पूर्वी, मध्ये र पश्चिम क्षेत्रमा लामो समय देखि विवाद रहेको छ । २९ जुनमा भुटानले चीनसित जोडिएको पूर्वी क्षेत्रमा रहेको साक्टेंग बन्यजन्तु आरक्षण केन्द्रका लागि ग्लोबल वातावरण सुविधा परिषदमा लगानीको प्रस्ताव राखेको थियो । त्यस प्रति चीनले उक्त क्षेत्र विवादित रहेको भन्दै औँल्याएको र आफ्नो भएको दाबी गरेको थियो ।
भुटानलाई लगानी स्वीकृत भएतापनि चीनले भने उक्त क्षेत्रमा आफ्नो दाबी कायमै राखेको छ । चीनले दाबी गरिरहेको विवादीत क्षेत्र प्रति भुटानले विरोध जनाउँदै नयाँ दिल्ली स्थित रहेको चिनियाँ राजदूतावासलाई उक्त क्षेत्र भुटानको सार्वभौम क्षेत्र हो भन्दै पत्र लेखेको छ ।
दुवै देशबीचको सीमा क्षेत्र कहिले सीमांकित नगरिएको विषय चिनियाँ विदेश मन्त्रीले शनिबार सार्वजनिक गरेको थियो । भुटानले भने चीनले भूमि अतिक्रमण गरिरहेको भन्दै आपत्ती जनाएको छ । भारतलाई दबाबमा पार्ने राणनीति अन्तरगत चीनले प्रभुत्व जमाउन खोजीरहेको भुटानको आरोप रहेको छ ।
सन् २०१७ मा भुटानी सीमासंग जोडीएको डोक्लाम क्षेत्रमा चिनियाँ सेनाको बढदो गतिविधिलाई रोक लगाउन भारतीय सेनाको सहायता भुटानले लिएको थियो । विवाद ७२ दिन सम्म चर्किएको थियो । यस वर्ष तोरसा–छु क्षेत्रमा चीनले सडक निर्माणलाई तीव्रता दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विस्तावादको अन्त्य हुने विषय औल्याएपछि चीनले आफ्नो छिमेकीहरुसंगको १४ वटा सीमामध्ये १२ वटालाई सील गर्ने निर्णय बारे दिल्ली स्थित चिनियाँ दूतावासले भारतीय प्रधानमन्त्री मोदीलाई सुचना दिएको जनाइएको छ ।
चीनले आफ्नो सर्तहरुलाई अग्रसर राखी सानो मुलुकहरुसंग सम्झौता कायम गर्ने विषयलाई द भुटानिजको सम्पादक तेनजिङ लामसांगले आफ्नो ट्वीट मार्फत जानकारी दिएका हुन् । विगतदेखि पूर्वी क्षेत्रको विवादलाई कहिलै चिनियाँ पक्षले वार्तामा समावेश नगरेको विषयमा उनले प्रकाश पारे । सो कारण उक्त क्षेत्र विवादीत नरहेको उल्लेख गरेका छ ।
चीनद्वारा दाबी गरिएको पूर्वी क्षेत्र अस्वीकार रहेको जनाइएको छ । दुवै देशबीच उक्त विषयमा छलफल गर्नु कुनै औचित्य र बिन्दु नरहेको स्पष्ट पारिएको छ । भारतलाई चारै तीरबाट घेराबन्दीमा पार्न चीनको निरन्तर प्रयास जारी रहेको टाइम्स अफ इन्डियामा उल्लेख छ । चीनको हिन्द र प्रशान्त महासागरमा समेत वर्चस्व कायम गरिरहेको छ । चीनलाई पछाडी पार्न शक्तिशाली देशहरु एकजुट भइ देखापरिरहेका छन् ।