Logo

प्रधानमन्त्री ओलीसँग खिचेको फोटो देखाउँदै ठगी धन्दा गर्ने नक्कली डाक्टर बलात्कार उद्दोगको अभियोगमा पक्राउ



काठमाडौ, २२ असार । उनी आफूलाईडा. जगदीश वैद्य  भन्छन् । सत्ता र शक्तिसँग नजिक भएको देखाउँछन् । शक्तिमा भएकासँग नजिकिएर तस्बिर खिचाउने देखि हल्ला मच्चाउने गर्छन् । तर, वास्तवमा उनी विद्यवारिधी गरेका होइनन् ।

ललितपुर लुभु स्थायी घर भएका जगदीश वैद्यलाई नजिकबाट चिन्न दामोदरलाल श्रेष्ठले उनले मात्र ९ कक्षा पास गरेको भन्दै फेसबुकमा लेखेका छन् । नौ कक्षा पास गरेको व्यक्ति विद्यावारिधी गर्दै हिंडेको दाबी गरेपछि स्थानीय समेत छक्क परेका थिए । उनले धाक धक्कु लगाएनन् मात्र पशुपति आश्रमको अध्यक्ष समेत बन्न सफल भए । उनको नक्कली कामले चिन्ने जान्नेलाई छक्क पार्यो । त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीसँग हात मिलाएको तस्बिर राखेर आफ्नो शक्ति देखाउन खोजे ।

जगदीश वैद्यले नक्कली कामहरु गर्ने देखि धेरैलाई ठगी गरेको फेला परेको छ । उनको कर्तुत त्यतिबेला खुल्यो जब एक महिलाले उनीमाथि जर्बजस्ती करणी उद्दोगको उजुरी कालिमाटी प्रहरी वृत्तमा दर्ता गरिन् । लुभु स्थायी घर भई लगनखेल बस्दै आएका उनलाई महानगरी प्रहरी परिसर ललितपुरले आइतबार पक्राउ गरी कालिमाटी वृत्तमा बुझायो ।

प्रहरीले उनका धेरै कर्तुतहरुबारे अनुसन्धान भइरहेको खुलाएको छ । कालिमाटी प्रहरीका अनुसार जर्बजस्ती करणी उद्दोगमा पक्राउ परेका उनी कतिपय ठगी धन्दामा संलग्न रहेको पत्ता लागेको छ ।

बैद्य पशुपति आश्रमकै महिला कर्मचारीलाई जबरजस्ती गरेको अभियोगमा पक्राउ परेका हुन् । विगतमा पनि किर्ते, ठगी लगायतका आपराधिक कार्यमा सम्लग्न भएको प्रहरीले जानकारी दिएको छ प्रहरीले पक्राउ गरेसँगै पशुपति आश्रमले विज्ञप्ती निकालेर उनलाई अध्यक्ष पदबाट समेत निलम्बन गरेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्