Logo

खल्नागाउँमा पहिरो जाँदा २४ घर विस्थापित



मान्म, २२ असार : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ खल्लागाउँका २४ घरधुरी पहिराको उच्च जोखिममा परेका छन् । निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट पहिरो खस्न थालेकाले गाउँ नै जोखिममा परेको हो ।

निरन्तर पहिरो आउन थालेपछि गाउँ नै जोखिममा परेको किर्डाक कालीकोटका शैक्षिक अधिकृत धनीराम न्यौपानेले बताए । ‘२४ घरधुरीका १२६ परिवार प्रभावित भएका छन्’, उनले भने, ‘तीमध्ये ६२ जना बालबालिका, एक जना वृद्ध र तीन जना अपाङ्गता भएका अतिप्रभावित भएका छन् ।’

पहिराका कारणले गाउँमा लगाइएको बालीनाली नष्ट भएको र अहिले गाउँलेलाई सुरक्षित स्थानमा सारिएको स्थानीयवासी दिनेश चदाराले बताए । ‘अहिले गाउँलेलाई सुरक्षित स्थानमा राखिएको छ’, उनले भने,‘२४ घर भत्किएका छन् ।’रासस/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot