Logo

बालिकालाई ललाइफकाइ कोठामा लगी बलात्कार



काठमाडौं, २२ असार । जबरजस्ती करणी गरेको अभियोगमा भिम बहादुर बिक आइतबार दिउँसो पक्राउ परेका छन् । गुल्मीकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिकाका बिकलाई प्रहरीले पक्राउ गरेका हो । बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको सुचनाको आधारमा जोहाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै ओखलढुङगामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिकाका बीर बहादुर दमाईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । दमाईले ती बालिकालाई प्रलोभन देखाई आफ्नै घरको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्